You are viewing the translated version of ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी.

Section 89
ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
(१) बासिन्दा व्यक्तिले ठेक्का वा करार बापत पचास हजार रूपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कुल रकममा एक दशमलब पाँच प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित रकम यकिन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको

दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरु भए सो समेत जोडी यकिन गर्नु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैरबासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर क्ट्टी गर्नु पर्नेछः-

(क) ............... ठेक्का वा करारमा पाँच प्रतिशत,

(ख) गैर बासिन्दा बीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा वा गैर बासिन्दा बीमा कम्पनीबाट पुनर्बीमा वापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशनमा एक दशमलव पाँच प्रतिशत, (ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक विभागले त्यस्तो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा उल्लिखित दरमा ।

तर नेपाली सेनानेपाल प्रहरी तथा सशस्त्र प्रहरीले , गोली आफ्नो प्रयोजनका लागि खरिद गर्ने हातहतियार गट्ठा तथासञ्चार उपकरणको खरिद बापतको भुक्तानीमा यो उपदफा लाग्‌ हुने छैन।

(३क) उपभोक्ता समितिमार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैयाँभन्दा बढीको भुक्तानी रकममा एक दशमलब पाँच प्रतिशतका दरले करक्ट्टी गर्नु पर्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैनः-

(क) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र घरमा जडित सामान तथा उपकरण बापत तिरेको भाडा बाहेकको अन्य कुनै भुक्तानी,

(ख) कर छुट दिइएको भुक्तानी वा दफा ८७,८८ वा ८८क. बमोजिम कर क्ट्टी गर्नुपर्ने भुक्तानी ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार” भन्नाले कुनै वस्तु वा श्रमिकको आपूर्ति वा मूर्त सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा गरिएको करार वा सम्झौता तथा विभागले ठेक्का वा करार भनी तोकेको कार्यलाई सम्झनुपर्छ र त्यस्तो करार वा सम्झौताले निर्माण वा जडान वा स्थापनासँग “सम्बन्धित सेवा समेतलाई समेटेको भए सो सेवा बापतको भुक्तानीलाई समेत जनाउँछ ।